कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुन, धनिया र प्याजको मूल्य ह्वात्तै बढेको छ ।
बिज्ञापन
यसदिन हरियो लसुन प्रतिकिलो ३७५ मा बिक्री भइरहेको छ । हिजो २१० रुपियाँ रहेको लसुन किलोमै १६५ रुपियाँले बढेको हो । आइतबार कालिमाटी तरकारी बजारमा हरियो धनियाको भाउ ३२६ रुपियाँ थियो । तर आज किलोमा १०७ रुपियाँले महँगिएर ४३३ रुपियाँ पुगेको छ ।
बिज्ञापन
त्यस्तै, आज हरियो प्याज पनि १३९ रुपियाँले बढेको छ । हिजो २३६ रुपियाँमा किन्न पाइएको प्याज आजका लागि ३७५ रुपियाँ तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।








