होमपेज > बढ्यो स्याङ्जामा डेंगुको सङ्क्रमण

बढ्यो स्याङ्जामा डेंगुको सङ्क्रमण

बिज्ञापन
बिज्ञापन

स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्न थालेको छ । पछिल्ला केही दिनहरुमा डेंगुसँग मिल्दो लक्षण भएका विरामीहरुको सङ्ख्या बढेको जिल्लाका अस्पतालहरुले जनाएका छन् ।

बिज्ञापन

भदौको दोस्रो हप्तासम्ममा डेंगु सङ्क्रमितको सङ्ख्या १२४ रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाँईले बताउनुभयो । भदौको पहिलो १० दिनमा मात्रै ४२ जनामा सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । पछिल्लो केही दिनको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी उहाँले दिनुभयो । यो आधारमा सङ्क्रमितको सङ्ख्या अझै थपिने देखिन्छ । परीक्षणको दायरा बढाइएकाले सङ्क्रमित बढि भेटिएको उहाँको दाबी छ । शङ्कास्पद बिरामीलाई अनिवार्य रुपमा परीक्षण गरिँदै आएको चापागाईंले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय, गह्रौ प्राथमिक अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुग्ने विरामीहरुमा डेंगुको लक्षण देखिएको पाइए तत्कालै परीक्षण गरिँदै आएको प्रमुख चापागाईंको भनाइ छ ।

बिज्ञापन

डेगुको सङ्क्रमण बढ्न थालेपछि विभिन्न पालिकाहरुले यसको नियन्त्रणका लागि अभियान समेत सुरु गरेकाछन् । सङ्क्रमणबाट बच्नका लागि पानी जम्ने स्थानहरु सफा गर्ने, औषधी छर्र्ने लगायतका काम सुरु गरिएको भीरकोट नगरपालिका प्रमुख गोबिन्दकुमार कर्माचार्यले बताउनुभयो । स्वास्थ्य संस्थाहरुलाई उच्च सतकर्ताका साथ राख्दै नागरिकलाई सचेत पार्ने काम सुरु गरिएको गल्याङ नगरपालिकाले जनाएको छ । नगरप्रमुख गुरु प्रसाद भट्टराईका अनुसार यो सम्बन्धी सूचना प्रवाह, शङ्कास्पद विरामीलाई प्राथमिकताका साथ परीक्षण र उपचार गरिदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते