होमपेज > कलंकीमा अनियन्त्रित भएर लडेको स्कुटरलाई बसले ठक्कर दिँदा चालकको मृत्यु

कलंकीमा अनियन्त्रित भएर लडेको स्कुटरलाई बसले ठक्कर दिँदा चालकको मृत्यु

बिज्ञापन
बिज्ञापन

काठमाडौंको कलंकीमा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बिज्ञापन

शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर छन्।

बिज्ञापन

एसपी अधिकारीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि कलंकीकै नेशनल अस्पताल लगिएकोमा बिहान साढे १० बजे उनको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको ठक्कर दिएपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको जस्तो देखिने एसपी अधिकारीले जानकरी दिए। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार रहेको उनले बताए। प्रमाणीत भइनसकेका कारण प्रहरीले ठक्कर दिएको भनिएको मोटरसाइकल र बसको नम्बर सार्वजनिक गरेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते