होमपेज > पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

बिज्ञापन
बिज्ञापन

भीषण वर्षाको कारणले पहिरो जाँदा कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको छ । बुधवार दिउसोबाट परेको भीषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका-१ गगनेखोलामा भीषण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बिज्ञापन

राजमार्ग बुधवार बेलुका ८ः३० बजेबाट अवरुद्ध भएको जनाइएको छ । पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन गगनेखोलामै थन्किएकाले कालीकोट सदरमुकाम मान्मबाट अन्य जिल्ला र स्थानमा जाने यात्रु सदरमुकाममै अलपत्र छन् ।  पहिरो गगने खोला सँगै हुल्मवाजर, एसमोड, दहिखोला लगायतका ठाउँमा झरेको छ । उता कर्णाली करिडोरको रेगिल, फुगाढ लगायतका ठाउँमा आएको पहिरोले करिडोर समेत अवरुद्ध भएको छ ।

बिज्ञापन

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबै भन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पन्छाउने काम भइरहेको बताउनुभयो । मौसम सफा देखिएकाले आजै सडकलाई सुचारु गराउन सकिन्छ भनेर भन्न सकिने अवस्थामा रहेको बताउनुभयो । थप पानी नपरेको खण्डमा आजै सडक खुल्न सम्भवतः त ठुलो पहिरो पन्छाउने बित्तिकै स-साना पहिरो गाडी सगसगै पन्छाउँदै सडक सुचारु गराउने प्रयासमा रहेको बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते