होमपेज > नेपाल नेसनल हस्पिटलले गर्‍यो फोहोर व्यवस्थापनमा चरम लापरबाही

नेपाल नेसनल हस्पिटलले गर्‍यो फोहोर व्यवस्थापनमा चरम लापरबाही

बिज्ञापन
बिज्ञापन

कलंकीस्थित नेपाल नेसनल हस्पिटलको फोहोर व्यवस्थापन अवस्था खराब देखिएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारदेखि सुरु गरेको अनुगमनमा उत्पादित फोहोर व्यवस्थापनमा चरम लापरबाही देखिएको वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन् । ‘वार्डहरूबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चार कोठा छन् । तीमध्ये पहिलो कोठामा सिरिन्ज र बोतल छरपष्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको पारेर फोहोरहरू राखिएका थिए,’ महर्जनले भनिन् ।

बिज्ञापन

उनका अनुसार फोहोर छुट्याउन पूर्ण असुरक्षित भएर काम गरिरहेको देखिएको छ । यसअघि फागुन २०८० मा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर अस्पतालले प्रतिबद्धता जनाएको थियो । १० चैत २०८० मा महानगरले गरेको अनुगमनमा पनि सुधार नहुँदा अस्पतालले पुनः प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोलीले सुधारको मौका दिएको थियो । यसपछि १६ चैतमा अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी एकदिने तालिम महानगरले दिएको थियो ।

अनुगमन क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको बताइन् । फोहोर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा पार्किङ स्पेस बनाएको उनले बताइन् । अस्पताललाई के कारबाही गर्ने भन्ने महानगरले निर्णय गरिसकेको छैन । गत वर्ष महानगरभित्र ५० अस्पतालको फोहोर व्यवस्थापन अनुगमन भएकोमा व्यवस्थापनको गलत अभ्यास भएका २० को फोहर संकलनमा रोक लगाइएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते