होमपेज > जिहोको उत्कृष्ट इलेक्ट्रिक स्कुटर अब नेपालमा, केके छन् विशेषता?

जिहोको उत्कृष्ट इलेक्ट्रिक स्कुटर अब नेपालमा, केके छन् विशेषता?

बिज्ञापन
बिज्ञापन

नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी, जिहोले ‘एई फो’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ।

बिज्ञापन

ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एई फोले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने विश्वास कम्पनीले लिएको छ। ‘एई फो’ ले ३ किलोवाट मोटर रहेको उक्त स्कुटर प्रतिघण्टा ६५ किमीको गतिमा गुड्न सक्छ। स्कुटरमा ठूलो चौडा डिकीमा ३१ लिटर भण्डारण क्षमता रहेको छ। स्कुटरमा फराकिलो एक्सएल सिट रहेकोले ग्राहकलाई सहज र व्यावहारिक बनाउँछ,। व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ।

बिज्ञापन

सुरक्षा र नविनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै, एई फोमा रहेको एबीएस र ईटीसीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ। अतिरिक्त सुविधाहरूमा कोलिसन वार्मिङ सिष्टम र स्पोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ। स्कुटरको उन्नत एनएफसी की लेस इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ।

स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एईफोले सडकमा विशेष प्रभाव पार्छ। भी–शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ। जिहो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ।

बिज्ञापन

जिहो नवीनतम टेक्नोलोजीको माध्यमबाट गतिशीलता को सिमानाहरूलाई धकेल्न समर्पित ब्राण्ड हो। गुणस्तर र प्रविधि विकासमा केन्द्रित रहँदै, जिहोले आजको गतिशील जीवनको आवश्यकता पूरा गर्ने, भरपर्दो र स्टाइलिश इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने लक्ष्य राखेको छ

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते