होमपेज > साउन महिनाकै वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँ

साउन महिनाकै वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँ

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात घट्दा व्यापार घाटा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

बिज्ञापन

साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उल्लेख छ । साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख रुपैयाँको व्यापार घाटा भएको विभागको भनाइ छ । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको आयात र निर्यात घटेको छ । आयात शून्य दशमलव ६७ र निर्यात ९।६३ प्रतिशतले घटेको विभागले जनाएको छ । गत आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात र १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको साउनमा निर्यात ८.६५ र आयात १.५६ प्रतिशतले घटेको थियो ।

बिज्ञापन

जब कि चालु आर्थिक वर्ष आयातमा शून्य दशमलव ६७ प्रतिशतले मात्रै घटेको हो । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा निर्यात घट्ने क्रम शून्य दशमलव ९८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा व्यापार घाटा ४४ करोड ६ लाख ५८ हजार रुपैयाँले बढी हो । विभागका अनुसार गत साउनमा भारतसँग मात्रै ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा छ । साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको वस्तु आयात गर्दा नेपालले ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको मात्र वस्तु निर्यात गरेको विभागको तथ्यांक छ । भारतपछि चीनसँग २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको विभागले जनाएको छ । चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात गर्दा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात गरिएको हो । कतारसँग २ अर्ब ९१ करोड रुपैयाँ, युक्रेन २ अर्ब ३० करोड, अस्ट्रेलियासँग १ अर्ब ९२ करोड रुपैयाँ र बहराइनसँग १ अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको साउनमा अन्य मुलुकसहित १ सय २ मुलुकसँग व्यापार गर्दा १३ मुलुकसँग मात्रै नाफा रहेको विभागले बताएको छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ व्यापार नाफा देखिएको छ । अफगानिस्तानसँग १० करोड ७८ लाख र बेल्जियमसँग २ करोड ५१ लाख रुपैयाँले व्यापार नाफा देखिएको विभागको तथ्यांक छ । नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । साउनमा मात्रै नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात गरेको छ ।

बिज्ञापन

४ अर्ब २७ करोड ७७ लाखको युरिया मल, ३ अर्ब ७२ करोड ७२ लाखको फलामको उत्पादन, ३ अर्ब रुपैयाँको ३ मिमिभन्दा कम मोटाइको फलाम र २ अर्ब ६३ करोड १९ लाख रुपैयाँको कच्चा सूयमुखी तेल आयात गरिएको विभागले जनाएको छ । निर्यात हुने वस्तुहरूमा गलैंचा, धागो, कालो चिया, फलाम तथा स्टिल, तोरी तथा रायोको पिना छन् । साउनमा एक अर्ब ११ करोड ७५ लाख बराबरको गलैंचा निर्यात गरेको विभागको भनाइ छ । यस्तै ५८ करोड २० लाख रुपैयाँको धागो, ५१ करोड ३२ लाख रुपैयाँको कालो चिया र ४७ करोड ९७ लाख रुपैयाँको ६ सय मिमि मोटाइको फलाम तथा स्टिल निर्यात भएको हो ।

निर्यात घट्नुमा केही अंश अलैंचीको रहेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको साउनमा ९६ करोड ४६ लाख रुपैयाँको अलैंची निर्यात भएको थियो । जब कि चालु आर्थिक वर्षको साउनमा १६ करोड १२ लाख रुपैयाँको मात्रै अलैंची निर्यात भएको विभागको तथ्यांक छ । पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

गत आर्थिक वर्ष ५० प्रतिशत अलैंची उत्पादन घटेकाले यस वर्ष थप २० देखि २५ प्रतिशत उत्पादन घट्न सक्ने महासंघको भनाइ छ । अन्य धागोको निर्यात पनि घटेको विभागले बताएको छ । गत आर्थिक वर्षको साउनमा ४४ करोड १६ लाख रुपैयाँको अन्य धागो निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । ६०० मिमि माटोइका फलाम तथा स्टिल (प्लास्टिक कोटेड) गत वर्ष ३८ करोड ९९ लाख रुपैयाँको निर्यात यस वर्षको साउनमा २३ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते