होमपेज > ३० यात्रु बोकेको गाडी ठूलो चट्टानसहितको पहिरोबाट २–४ सेकेन्डले जोगिएपछि…

३० यात्रु बोकेको गाडी ठूलो चट्टानसहितको पहिरोबाट २–४ सेकेन्डले जोगिएपछि…

बिज्ञापन
बिज्ञापन

सधै दुर्घटनाको जोखिम रहेको पाल्पाको शिद्धबाबा क्षेत्रमा शनिवार ठूलो चट्टानसहितको पहिरो झर्यो । चर्को घाम लागिरहेको बेला नियमित रूपमा गाडी आवतजावत गरिरहेका थिए । दिउँसो साढे ३ बजेतिर एक्कासी ठूलो ढुंगासहितको पहिरो खस्न पुग्यो ।

बिज्ञापन

सो पहिरोमा पर्नबाट एउटा ३० जना सवार यात्रुबाहक बस जोगिएको छ । पर्वतको रानीपानीबाट बुटवलतर्फ आउँदै गरेको ना ५ ख ९८५१ नम्बरको ‘पर्वत एक्सप्रेस’ नामको गाडी मात्र दुई–चार सेकेन्डले दुर्घटनाबाट बचेको हो । आफू र आफ्ना यात्रु दुई–चार सेकेन्डले पहिरोमा पुरिनबाट बचेको चालक कमल क्षेत्रीले बताए ।

बिज्ञापन

‘गाडी गुडिरहेको अवस्थामा माथिबाट ढुंगा खस्यो,’ उनले भने, ‘माथिबाट पहिरो झरेपछि गाडी तत्काल ब्याक गरेँ । धन्न दुई–चार सेकेन्डले बचियो । छाँगाबाट खसेजस्तो भएँ । मेरो अगाडि पनि दुईजना बाइकमा सवार थिए उनीहरू पनि ठूलो कालबाट बचे ।’ त्यसपछि गाडी केही ब्याक गरेर पहिरो हेर्न गएको चालक क्षेत्रले जानकारी दिए । उनका अनुसार पहिरो झरेको ठाउँभन्दा झण्डै ५ मिटर अगाडिसम्म गाडी पुगेको थियो । गाडीमा ३० जना यात्रु थिए ।

बिज्ञापन

पहिरोले पुरिएको सडक शनिवार साँझ ७ बजेसम्म पनि खुलेको छैन । सोही क्षेत्रमा अहिले सुरूङमार्ग निर्माणको काम चलिरहेको छ । हिउँद होस् वा वर्खा शिद्धबाबा क्षेत्रमा पहिरो झरिरहन्छ । जसले गर्दा यात्रु र चालक त्रासमा यात्रा गर्न बाध्य छन् । पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनक बुढाले पहिरो हटाउने कार्य जारी रहेको बताए । सिद्धबाबाको साढे ३ किलोमिटर क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र मानिन्छ । पहिरोका कारण यो बाटो भएर स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी र अर्घाखाँचीसम्म जाने सवारीसाधन र पहाडबाट बुटवलतर्फ आउने सयौँ सवारी बाटोमै रोकिएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते