होमपेज > नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बिज्ञापन
बिज्ञापन

दुई दिनको सार्वजनिक बिदापछि बिहीबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा  सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो । गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो ।

बिज्ञापन

सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य बढेर बन्द भएको हो । बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिराट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको हो । वित्त कम्पनी उपसूचक सर्वाधिक ४.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७२ प्रतिशत, बैंकिङ उपसूचक ०.५९ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले वृद्धि भएको छ ।

बिज्ञापन

व्यापार उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६८ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । गत सातको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको सेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन ।

बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ६६ करोडको सेयर कारोबार हुँदा अपी पावरको ४५ करोड ७८ लाख र एभरेस्ट बैंकको ४५ करोड १० लाखको सेयर कारोबार भएको छ । त्यस्तै सानिमामाई हाइड्रोपावरको ३६ करोड ८१ लाखको सेयर किनबेच भएको छ ।

बिज्ञापन

बुधबार नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्ती पावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै मल्टिपपर्स पाइनान्सको सेयरमूल्य सेयरमूल्य ९.९९ प्रतिशतले बढेर बन्द भएको हो । कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मातृभूमि लघुवित्तको सेयरमूल्य ५.९८ प्रतिशत र सम्पदा लघुवित्तको सेयर मूल्य ५.४८ प्रतिशतले घटेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते