होमपेज > ३८ वर्षको उमेरमा पनि अविवाहित कंगना

३८ वर्षको उमेरमा पनि अविवाहित कंगना

बिज्ञापन
बिज्ञापन

बलिउड ३८ वर्षीया अभिनेत्री कंगना रनौत अब कलाकारका साथै भारतकी माननीय सांसद पनि हुन् ।  कंगना अहिले आफ्नो फिल्म ‘इमर्जेन्सी’ का कारण चर्चामा छिन् । त्यसो त कंगना अहिलेसम्म पनि अविवाहित नै छिन् ।

बिज्ञापन

बिज्ञापन

यद्यपि, उनको आदित्य पञ्चालीदेखि ऋतिक रोशन र अध्ययन सुमनसम्मको सम्बन्धका कारण चर्चा रहेकी थिइन् । हालै कंगनालाई उनको विवाह तथा सन्तानका बारेमा राज शमनीको पोडकास्टमा प्रश्न सोधिएको थियो । कंगनालाई ‘विवाह गर्न र सन्तान जन्माउन चाहानु हुन्छ? भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा कंगनाले ‘चाहान्छु’ भनेकी थिइन् । यहि क्रममा कंगनालाई विवाह गर्नु आवश्यक छ? भनेर पनि प्रश्न सोधिएको थियो । यसको जवाफमा कंगनाले भनेकी छिन्– ‘यो विषय विवादास्पद छ, तर एउटा साथी हुनुपर्छ जस्तो मलाई लाग्छ । त्यसो त एउटा साथी बिना बाँच्न गाह्रो हुन्छ, तर साथीसंग बाँच्न पनि गाह्रो नै हुन्छ । तर साथी बिना झन् बढी गाह्रो हुन्छ ।’

बिज्ञापन

‘जति–जति उमेर बढ्दै जान्छ, कुनै पनि व्यक्तिसँग तालमेल बसाउन उति नै गाह्रो हुँदै जान्छ, कंगनाले भनेकी छिन्– ‘तपाईंले जति कम उमेरमा विवाह गर्नु हुन्छ, त्यति नै एडजस्ट हुन सजिलो हुन्छ । अझै पनि गाउँमा अति कम उमेरमा विवाह गरिदिइन्छ । तर त्यहि समयमा तपाईंमा उन्माद पनि हुन्छ । त्यो उन्मादका लागि दिशा पाउनु अति राम्रो हुन्छ ।’ तीन वर्षअघि कंगनाले टाइम्स नाउलाई दिएको एउटा अन्तर्वार्तामा भनेकी थिइन्– अवश्य पनि म विवाह गर्न र सन्तान जन्माउन चाहान्छु । म पाँच वर्षपछि स्वयंलाई एक आमा र श्रीमतीको रुपमा देख्न चाहन्छु ।’

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते