होमपेज > तेह्र जीवन बीमा कम्पनीको नाफा, अघिल्लो वर्षभन्दा १३.५२ प्रतिशतले बढ्यो

तेह्र जीवन बीमा कम्पनीको नाफा, अघिल्लो वर्षभन्दा १३.५२ प्रतिशतले बढ्यो

बिज्ञापन
बिज्ञापन

गत आर्थिक २०८०/८१ मा १३ वटा ठूला जीवन बीमा कम्पनीले पाँच अर्ब ५७ करोड ९६ लाख ३४ हजार रुपियाँ नाफा कमाएका छन् । हाल नेपालमा १४ वटा ठूला जीवन कम्पनी सञ्चालनमा छन् ।

बिज्ञापन

ती मध्ये बुधबारसम्म राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक १३ कम्पनीले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोही विवरणले उनीहरुको खुद नाफा सो बराबरको देखाएको हो । कम्पनीहरुको यो नाफा अघिल्लो आव २०७९/८० को तुलनामा १३.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा उनीहरुको नाफा चार अर्ब ९१ करोड ४७ लाख १३ हजार रुपियाँ थियो ।

बिज्ञापन

कम्पनीहरुको यो नाफा बीमांकीय मुल्यांकन भन्दा अघिको हो । जीवन बीमा कम्पनीको बीमांकीय मुल्याकनमा बीमांकीले जीवन बीमा कोषमा भएको १० प्रतिशत रकम नाफा नोक्सान खातामा सार्न सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ । समीक्षा बर्षमा हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले ६३ करोड ३८ लाख ५८ हजार रुपियाँ नाफा कमाएको हो । दोस्रो नम्बरमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले अघिल्लो आवमा ५७ करोड ४९ लाख ६७ हजार नाफा कमाएको छ । तेस्रो स्थानमा भने आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले ५१ करोड ३९ लाख ८२ हजार, मेट लाइफ इन्स्योरेन्सले ५० करोड ४१ लाख ४३ हजार, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले ४२ करोड ६३ लाख ५८ हजार र नेशनल लाइफ इन्स्योरेन्सले ४० करोड ६३ लाख ५८ हजार रुपियाँ नाफा कमाएको छ । यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३९ करोड ६५ लाख ३७ हजार, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३६ करोड ६१ लाख ७४ हजार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३५ करोड आठ लाख २४ हजार, एसियन लाइफ इन्स्योरेन्सले ३२ करोड ८५ लाख ९१ हजार, सिटीजन्स लाइफ इन्स्योरेन्सले ३२ करोड ४७ लाख ७९ हजार र एलआईसी नेपालले २३ करोड ८५ लाख छ हजार रुपियाँ नाफा कमाएको छ । बीमांकीय मुल्यांकनका क्रममा कम्पनीहरुको नाफा थप बढ्ने छ । आर्थिक शिथिलताका बीच पनि बीमा कम्पनीहरुको नाफा बढ्न गएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते