होमपेज > पर्खाल भत्काउने नगर प्रहरीका असई पक्राउ

पर्खाल भत्काउने नगर प्रहरीका असई पक्राउ

बिज्ञापन
बिज्ञापन

मेयर हर्क साम्पाङको उक्साहटमा परेर प्रदेश सरकारले बनाएको ग्याबिन पर्खाल भत्काएका धरान नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्। आइतबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो।

बिज्ञापन

नगर प्रहरीका सहायक निरीक्षक मग्रातीले मेयर हर्क साम्पाङको निर्देशनमा धरान–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएका थिए। जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सोही आरोपमा उनलाई पक्राउ गरिएको हो।

बिज्ञापन

कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा स्थानीय टोल विकास संस्थाले खोलामा तारजालीमा ढुंगा भरेर पहिरो रोकथामका लागि पर्खाल बनाएको थियो। मग्रातीलाई पक्राउ गर्न शुक्रबार नै प्रहरी पुगे पनि मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उनलाई आफै लिएर हाजिर गराउन आउने भन्दै अनुरोध गरेपछि प्रहरीले पर्खिएको थियो। तर, उनलाई लिएर आउने सम्भावना नदेखिएको भन्दै प्रहरीले नगर प्रहरी प्रमुख मग्रातीलाई पक्राउ पुर्जी जारी गरेरै पक्राउ गरेको हो।

पक्राउ परेका नगर प्रहरी मग्रातीलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ। ग्याबिन भत्काएर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा प्रहरीले साउन २४ गते अरू तीन जनालाई पक्राउ गरिसकेको छ। धरानका भारती राई, राजकुमार राई र दिलकुमार राईलाई प्रहरीले पक्राउ गरिसकेको छ। मेयर साम्पाङले पक्राउ पर्नुअघि भारती राईको गुनासोको आधारमा उक्त ग्याबिन भत्काउन नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई निर्देशन दिएका थिए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते