होमपेज > आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन

आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ।

बिज्ञापन

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ। ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।

बिज्ञापन

बोर्डले गएको असार १३ गते सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका सबै विद्यार्थीले यसपटक पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको हो। तत्कालिन शिक्षामन्त्री सुमना श्रेष्ठको विशेष पहलमा पहिलोपटक सबै अनुत्तीर्ण विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका हुन्। एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने आएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको हो।

.एसईईको नतिजा सार्वजनिक, ५२।१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’
.एसईई रिजल्टस् कुन जीपीएमा कति विद्यार्थी उत्तीर्णरु हेर्नुहोस् छात्र-छात्राको उत्तीर्ण दर

बिज्ञापन

यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था थियो। यसपटकको एसईई परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजारले मात्रै ग्रेड वृद्धि परीक्षाको फर्म भरेका बोर्डले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते