होमपेज > नबिल बैंकको नाफा १०.२३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

नबिल बैंकको नाफा १०.२३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

बिज्ञापन
बिज्ञापन

अधिकांश बैंकहरुको नाफा घटिरहेका बेला नबिल बैंकको भने बढेको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुदनाफा १०.२३ प्रतिशत बढेर ७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

बिज्ञापन

अघिल्लो आर्थिक वर्षको यसैअवधिमा बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ खुदनाफा कमाएको थियो । एक वर्षको अवधिमा नबिलको खुदनाफा ६५ करोड ५० लाख रुपैयाँ बढेको सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिम बैंकको निष्क्रिय कर्जा अनुपात घटेर १.०७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात १.१८ प्रतिशत थियो । नाफामा सुधार आएपछि बैंकको वितरणयोग्य नाफा पनि बढेर ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा थियो ।

बिज्ञापन

बैंकको लाभांश वितरण क्षमता बढेर १४.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ११.७८ प्रतिशत थियो । खराब कर्जा अनुपात घटेपछि बैंकको नाफामा सुधार आएको हो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ निष्क्रिय कर्जा रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा ३.५१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ २ सय २० रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ । असारसम्म बैंकको निक्षेप लागत ५.८६, कर्जा निक्षेप अनुपात ८३.६०, आधारदर ७.६३ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ छ । सञ्चित कोषको आकार बढेर २८ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते