होमपेज > नेवार समुदायको ‘गुँला’ पर्व शुरु

नेवार समुदायको ‘गुँला’ पर्व शुरु

बिज्ञापन
बिज्ञापन

बौद्ध धर्मावलम्बी नेवार समुदायको ‘गुँला’ पर्व शुरु भएको छ। यो पर्व गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) सम्म मनाउने परम्परा छ। नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ।

बिज्ञापन

नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ। एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ। विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन्। बौद्ध धार्मिक स्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेको बताइएको छ।

बिज्ञापन

यो अवधिभर माछामासु, जाँडरक्सी आदि खान नहुने मान्यता छ। यो वर्ष सोमबार (साउन २१) मा शुरु भएको यो पर्व भदौ १९ गते समापन हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते