काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ। गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ।
बिज्ञापन
गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको बताएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, आज काठमाडौंमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ।
बिज्ञापन
“शुक्रबार हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ। आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिनेछ,” उनले भने। उनले घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ। भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले दिएका छन्। राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ।
बिज्ञापन








