म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ।
बिज्ञापन
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो। यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ।
बिज्ञापन
केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो। हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन। भारतीय मिडियाहरुले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन्। उता, थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो।








