होमपेज > नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले शिलबन्दी बोलपत्रद्वारा उक्त शेयर बिक्री गर्न लागेको जनाएको छ।

बिज्ञापन

कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम् मूल्य २६० रुपैयाँ तोकेको छ। उक्त शेयर खरिद गर्न चाहने व्यक्ति, कम्पनी, संघ वा संस्थाले चैत १५ गते देखि २९ गतेसम्म गोप्य शिरबन्दी आवेदन पेश गर्नुपर्ने छ।

बिज्ञापन

-शर्तहरुः

१. आवेदन फाराम रु.१००/- (अक्षरुपी एक सय मात्र) भुक्तानी गरी माछापुच्छ्रे, क्यापिटल लिमिटेड, JDA Complex, बागदरबार, काठमाण्डौंबाट प्राप्त गर्न सकिनेछ।

बिज्ञापन

२. आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ। अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ। केरमेट भएको ठाँउमा दस्तखत गर्नु पर्नेछ।

३. शेयर खरीदको लागि आवेदन गर्दा सम्पूर्ण ६,००,००० छ लाख कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ।

४. शेयरको न्युनतम मुल्य प्रति शेयर रु. २६०/- (अक्षरुपी: दुई सय साठ्ठी मात्र ) तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी आवेदन दिन पर्नेछ।

५. शिलबन्दी खाम बाहिर ‘नेको इन्सुरेन्स लिमिटेडको संस्थापक शेयर खरीब आवेदन’ उल्लेख भएको हुनु पर्नेछ। शिलबन्दी आवेदन लाहाछाप गरिएको हुनु पर्नेछ।

६. बोलपत्रदाताले आफूले खरीद गर्न चाहेको कूल रकमको ५ प्रतिशतले हुन आउने रकम माछापुच्छ्रे क्यापिटल लिमिटेडको नाममा रहेको माछापुच्छ्रे बैंक लि., लाजिम्पाट शाखाको खाता नं. ०३९००७०१७९००००१२ मा जम्मा हुने गरी सो को सक्कल जम्मा भौचर (Deposit Slip) वा  IPS मार्फत रकम बुझाइएको भए सो को  Transaction Copy संलग्न गर्नुपर्नेछ IPS मार्फत रकम जम्मा गर्दा लाग्ने शुल्क आवेदक स्वयंले नै व्यहोर्नु पर्नेछ।

७. बोलपत्र मार्फत बिक्री गरिने संस्थापक समूहको शेयर बाँडफाँड गर्दा सबैभन्दा बढी दर रेटमा खरीद माग गर्ने योग्य बोलपत्रदाताहरुलाई बोलकबोलको मान्यताको आधारमा बिक्री गरिनेछ । यस बोलपत्र बाँडफांड गर्दा छनोट नभएका आवेदकलाई जम्मा गरेको सबै रकम फिर्ता गरिनेछ। साथै बोलकबोल मार्फत आवेदन स्वीकृत भए पश्चात् खरीदकर्ताले खरीद गर्न नचाहेमा आवेदन गर्दाको सम्पूर्ण रकम जफत गरिनेछ। समान दर रेटमा आवेदन परेको खण्डमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइनेछ।

८. शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि प्यान नं. को प्रमाणपत्रको प्रतिलिपि पछिल्लो आ।व। को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गर्नुपर्ने छ।

९. आवेदक संगठित संघ संस्था कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, प्यान नं. को प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि पेश गर्नुपर्नेछ।

१०. कुनै शर्त राखी पेश गरेको आवेदनलाई मान्यता दिईने छैन। म्याद नाघी आएको वा रित नपुगेको आवेदन उपर पनि कुनै कारवाही गरिने छैन।

११. इच्छुक लगानीकर्ताहरुले आवेदनमा हितग्राही खाता नं. र बैंक खाता नं. अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ।

१२. शेयरको आवेदन मिति २०८१ १२ २९ गते अपरान्ह १:०० बजेभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड, JDA Complex, बागदरबार, काठमाण्डौंमा दर्ता भई सक्नु पर्नेछ।

१३. मिति २०८१ / १२ / २९ गते अपरान्ह १:३० बजे माछापुच्छ्रे क्यापिटल लिमिटेड, JDA Complex,  बागदरबार, काठमाण्डौंमा प्राप्त आवेदनहरु खोलिनेछ। उक्त दिन विदा परेमा कार्यालय खुलेको दिन विहान १०:०० बजे खोलिनेछ।

१४. बाँडफाँडमा परेका आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरीद कारोवार तथा नामसारी गरिनेछ। कुनै पनि अवस्थामा आवेदकले व्याज वा कुनै किसिमको माग दावी गर्न सक्ने छैन।

१५. नेको इन्सुरेन्स लिमिटेडको संचालक समितिबाट स्वीकृति भए पश्चात् संस्थापक शेयर खरीद बिक्री गर्नको लागि तोकेको शेयर दलाल मार्फत कारोवार गरिनेछ। साथै शेयर नामसारी गर्दा खरीदकर्ताको तर्फबाट भुक्तानी गर्नु पर्ने सम्पूर्ण शुल्क समेत स्वयं खरीदकर्ताले भुक्तानी गर्नु पर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते