होमपेज > मिसाइल आक्रमण हुँदा युक्रेनमा कम्तिमा ४१ जनाको मृत्यु, १७० जना भन्दा बढी घाइते

मिसाइल आक्रमण हुँदा युक्रेनमा कम्तिमा ४१ जनाको मृत्यु, १७० जना भन्दा बढी घाइते

बिज्ञापन
बिज्ञापन

युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ।

बिज्ञापन

सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन्। यो मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्‍याएको छ। आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्।

बिज्ञापन

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएका छन्। ‘रूसी आतंकवादीले यसबारे जवाफ दिनुपर्छ। चिन्ताले आतंक रोकिँदैन। समवेदना हतियार होइनन्,’ उनले लेखेका छन्। यो आक्रमणसँगै युक्रेनले आफ्नो एयर डिफेन्समा सुधार ल्याउनुपर्ने जनाएको छ। युक्रेनको एयर डिफेन्सले ३८ मध्ये ३० वटा मिसाइल खसाएको एयर फोर्सले बताएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते