होमपेज > दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बिज्ञापन
बिज्ञापन

बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घटेको छ ।

बिज्ञापन

नेप्से घटेसँगै २०६८.३१ बिन्दुमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । बुधबार ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ सूचकमध्ये आज पनि वित्त सूचक सबैभन्दा धेरै १.८२ प्रतिशतले बढेको छ । बुधबार यो समूह २.६२ प्रतिशतले बढेको थियो । सबैभन्दा धेरै होटल तथा पर्यटक समूह ०.९२ प्रतिशतले घटेको छ ।

बिज्ञापन

कालिका लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ भने आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोपावरको सेयर ९.२८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा भने माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ । १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते