होमपेज > चालकको हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

चालकको हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनको हत्या अभियोगमा प्रहरीले पाटन नगरपालिका-६ की ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पुन्टु भनिने २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए । प्रारिम्भक अनुसन्धानका क्रममा बिष्टको शिक्षिका समेत रहेकी भागरथी बिष्टको घरमा हत्या भएको खुलेको उनको भनाइ छ ।

बिज्ञापन

असार १ गते राति बिष्टको हत्या गरी दोस्रो दिन राति प्लाष्टिकमा बेरेर खोलामा शव फालेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका ध्ये शिक्षिक बिष्टसहितका चार जना घटनामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ । अर्का आरोपी भरतमोहन बिष्ट मुख्य अभियुक्त भागरथीका नातेदार भएकाले अप्रत्यक्ष रुपमा घटनामा सघाएको आशंका गरिएको छ । तर, मृतकका परिवारले उनका नाममा समेत किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते