होमपेज > सिजी मोटर्सले सुरू गर्यो हिरो एक्सचेञ्ज मेला

सिजी मोटर्सले सुरू गर्यो हिरो एक्सचेञ्ज मेला

बिज्ञापन
बिज्ञापन

नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‘हिरो एक्सचेञ्जु’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गर्ने भएको छ।

बिज्ञापन

उक्त अफर आज (बिहीबार) बाट सुरू भएर असार १५ गतेसम्म सञ्चालन हुनेछ। नेपालभर हुने उक्त मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ। साथै, एक्सचेञ्ज अफरमा ७ हजार रूपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ। एक्सचेञ्ज अफरमा ग्राहकहरूले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन्।

बिज्ञापन

हिरोले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपालमै एसेम्बल भइरहेका छन्। हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ।साथै, सिजी मोटर्स निकट भविष्यमा थप सोरुम खोल्ने प्रक्रियामा रहेको बताइएको छ। यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै, सो उत्पादनमा युनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते