हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बिज्ञापन
बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।
बिज्ञापन
साथै, सेयरको मूल्य बिक्रेताअनुसार फरक भएकाले त्यसको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।








