सम्पूर्ण बैंकको अनलाइन सेवा आज सोमबार पाँच घण्टा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन् ।
बिज्ञापन
फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दैछ । सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफरलगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् ।
बिज्ञापन
बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै अवस्थामा सञ्चालन हुनेछन् ।








