होमपेज > सुनकोसी–मरिण डाइभर्सन आयोजनामा बजेट भन्दा बढी खर्च

सुनकोसी–मरिण डाइभर्सन आयोजनामा बजेट भन्दा बढी खर्च

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय गौरवको ‘सुनकोसी–मरिण डाइभर्सन आयोजना’ ले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएभन्दा बढी खर्च गरेको छ ।

बिज्ञापन

चालु आवका लागि आयोजनालाई विनियोजन गरेको रकम नपुगेर अर्थ मन्त्रालयले थप १ अर्ब ४० करोड रुपैयाँ निकासा दिएको छ । यो आयोजनाको सुरुङको गत २६ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘ब्रेक थ्रु’ गरेका थिए । चालु आव परियोजनाका लागि २ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । थप १ अर्ब ४० करोडसमेत गरी आयोजनाले चालू आव ४ अर्ब १० करोड खर्च गर्ने भएको हो । सिन्धुली खुर्कोटबाट १३.३ किलोमिटर लामो सुरुङ खनेर मरिण खोलामा सुनकोसीको पानी डाइभर्सन गर्ने गरी यो परियोजना निर्माण भइरहेको छ ।

बिज्ञापन

सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुली कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । मरिणखोला हुँदै सुनकोशीको पानी बागमती नदीमा मिसिने छ र तराईका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुग्ने छ । बागमतीमा सञ्चालित बागमती सिँचाइ आयोजनाबाट सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ मा आयोजना शिलान्यास गरेका थिए । २८ असोज २०७९ बाट आयोजनाको सुरुङ निर्माण थालिएको थियो । सुरुङ निर्माण सकिए पनि बाँध तथा विद्युतगृहमा भने अपेक्षित प्रगति भएको छैन । ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) बाट सुरुङ खनिएको भेरी बबई डाइभर्सन आयोजनाको नियति यो आयोजनाले पनि भोग्ने देखिएको छ । भेरी बबई आयोजनाको सुरुङ पनि निर्धारित समयभन्दा छिटो निर्माण भए पनि बाँध निर्माण अहिलेसम्म सम्पन्न नहुँदा आयोजना अलपत्र छ । बाँध निर्माण गर्न नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । असोज २०८४ मा आयोजना पूर्णरूपमा सक्ने लक्ष्य छ ।

बिज्ञापन

आगामी आवका लागि यो परियोजनालाई ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते