होमपेज > बजेटपछि नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा, कतिमा हुँदैछ कारोबार?

बजेटपछि नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा, कतिमा हुँदैछ कारोबार?

बिज्ञापन
बिज्ञापन

आज नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको छ।

बिज्ञापन

आज छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिज्ञापन

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ बिहीबार १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै भाउ रेकर्ड बिन्दूमा पुगेको व्यवसायीहरु बताउँछन्। सरकारले चालु आवको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएकामा फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको हो।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४२ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९१ पैसामा कारोबार भइरहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते