होमपेज > पछिल्लो तीन वर्षमै ४६ हजारले बढ्यो सुनको मूल्य

पछिल्लो तीन वर्षमै ४६ हजारले बढ्यो सुनको मूल्य

बिज्ञापन
बिज्ञापन

पछिल्लो तीन वर्षको अवधिमा सुनको मूल्य तोलामा ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ सालको जेठदेखि २०८१ सालको जेठसम्म आइपुग्दा प्रतितोला ४६ हजार रुपैयाँभन्दा बढीले मूल्य बढेको हो ।

बिज्ञापन

तथ्यांकअनुसार २०७८ जेठ पहिलो साता छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ थियो । त्यसयता निरन्तररुपमा बढ्न थालेको सुनको मूल्यले यतिबेला दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । यसपछि २०७९ जेठ पहिलो सातासम्म आइपुग्दा सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यो ४ हजार रुपैयाँको मूल्यवृद्धि थियो ।

बिज्ञापन

यसैगरी २०८० सालको जेठसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला लाखभन्दा माथि पुग्यो । २०८० को जेठ पहिलो साता सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भयो । यस्तै सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ थियो । यो २०७९ सालको जेठको तुलनामा १४ हजार ५०० रुपैयाँको वृद्धि थियो । २०८० सालको जेठयता भने सुनको मूल्य अनियन्त्रित बन्दै बढेको छ । २०८१ को जेठ महिनासम्म आइपुग्दा सुनको मूल्य १ लाख ३८ हजार रुपैयाँभन्दा माथि पुगेको छ । यो कीर्तिमानी मूल्य प्रतितोला १ लाख ४१ हजारबाट तल झरे पछिको हो । २०८१ जेठ ७ गते सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० सम्म पुगिसकेको छ । यो अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यस्तै योबिचमा चाँदीको मूल्यले समेत फड्को मारेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य समेत निरन्तर बढ्दा सर्वसाधारण उपभोक्ताको पहुँच बाहिर पुग्ने छाँट देखिएको छ । २०८१ को जेठमा चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँसम्म पुगेको छ । जुन, २०८० को जेठमा १३ सय ७५ रुपैयाँ थियो । यो एक वर्षको अवधिमा ५२५ रुपैयाँसम्मको वृद्धि हो । यस्तै २०७९ को जेठमा चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ थियो भने २०७८ को जेठमा २०७८ जेठमा भने १३ सय ५० रुपैयाँ थियो । यो २०७९ को तुलनामा ९० रुपैयाँले बढी हो । यस्तै २०७९ को तुलनामा २०८० जेठ अवधिमा १३५ रुपैयाँले मूल्य बढेको थियो । कोभिड–१९ महामारीपछि विश्वभरका केन्द्रीय बैंकले सुनमा लगानी बढाइरहेका छन् । यस्तै लगत्तै सुरु भएको रुस–युक्रेन युद्धपछि झनै सुनमा लगानी गर्ने र थुपार्ने प्रचलन बढ्यो ।

बिज्ञापन

यसपछि इजरायल–प्यालेस्टाइनबिच भइरहेको युद्धले समेत सुनको र चाँदीको मूल्यमा उछाल ल्याउन मद्दत गर्‍यो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा नेपालमा स्वतः प्रभाव पर्छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते