होमपेज > देशका ७ प्रदेशमध्ये ६ प्रदेशहरुको अर्थतन्त्र कृषिमा निर्भर

देशका ७ प्रदेशमध्ये ६ प्रदेशहरुको अर्थतन्त्र कृषिमा निर्भर

बिज्ञापन
बिज्ञापन

नेपालका ७ प्रदेशमध्ये ६ को अर्थतन्त्र कृषिमा अधिक निर्भर रहेको पाइएको छ ।,

बिज्ञापन

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेश लेखा तथ्यांक अनुसार बागमती प्रदेशबाहेक सबैमा कृषि क्षेत्रको योगदान सबैभन्दा माथि देखिएको छ । बागमती प्रदेशको अर्थतन्त्रमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । त्यसो त केन्द्रीय कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत कृषिकै हिस्सा अधिक देखिन्छ । औद्योगिक वर्गीकरण अनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आव र यस आवमा सोही प्रवृत्ति देखिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी बताउँछन् ।

बिज्ञापन

औद्योगिक वर्गीकरण अनुसार आर्थिक क्रियाकलापको वृद्धिदर हेर्दा राष्ट्रिय स्तरमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै वृद्धि हुने अनुमान कार्यालयले गरेको थियो । प्रदेश लेखा तथ्यांक अनुसार लुम्बिनी प्रदेशबाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको देखिन्छ । लुम्बिनी प्रदेशमा भने विद्युत् क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिएको छ । यस वर्ष राष्ट्रिय जीडीपीमा निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएकोमा प्रदेश स्तरमा समेत सबै प्रदेशमा निर्माण क्षेत्र ऋणात्मक देखिएको छ । उत्पादनमूलक क्षेत्रको वृद्धिदर समेत कर्णाली प्रदेश बाहेक सबैमा ऋणात्मक देखिएको कार्यालयले जनाएको छ ।

कोशीमा कृषिको वृद्धिदर ३३ प्रतिशत

बिज्ञापन

कोशी प्रदेशको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान कार्यालयको छ । यस प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा धेरै ३२.८० प्रतिशत र प्रशासनिक सेवा क्षेत्रको सबैभन्दा कम ०.३२ प्रतिशत रहने देखिएको छ । यस प्रदेशमा क्षेत्रगत वृद्धिदर हेर्दा सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको २२.३२ प्रतिशत र सबैभन्दा कम माइनस २.६७ प्रतिशत उत्पादनमूलक क्षेत्रको देखिएको छ ।

मधेशको अर्थतन्त्रमा कृषिको योगदान झन्डै आधा

मधेश प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झन्डै आधा देखिन्छ । चालु आवमा यो प्रदेशको अर्थतन्त्रको आकार ७ खर्ब ४८ अर्ब रहने अनुमान छ । आर्थिक वृद्धिदर ३.७८ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ । यस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३५.१९ प्रतिशत रहने देखिन्छ । सबैभन्दा न्यून योगदान खानी तथा उत्खननको ०.१५ प्रतिशत छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदर २१.९५ प्रतिशत र सबैभन्दा कम निर्माण क्षेत्रको माइनस २.१९ प्रतिशत छ ।

बागमतीमा थोक तथा खुद्रा व्यापार हिस्सा धेरै

नेपालको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७५ अर्ब रुपैयाँ बराबरको छ । चालु आव यो प्रदेशको आर्थिक वृद्धिदर ३.९६ प्रतिशत हुनेछ ।यो प्रदेशको अर्थतन्त्रमा सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापारको रहेको छ । जसको हिस्सा २१.५३ प्रतिशत देखिन्छ । सबैभन्दा कम पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको ०.२८ प्रतिशत छ ।वृद्धिदरका हिसाबले आवास तथा भोजन क्षेत्र सबैभन्दा धेरै २०.९३ प्रतिशतले विस्तार हुने भएको छ । सबैभन्दा कम निर्माण क्षेत्रको माइनस २.७१ प्रतिशतको विस्तार हुने देखिएको छ ।

गण्डकीमा कृषिको हिस्सा अग्रस्थानमा

गण्डकी प्रदेशको अर्थतन्त्रको आकार ५ खर्ब १७ अर्ब छ । यो प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत छ । यो प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको सबैभन्दा धेरै २५.७२ प्रतिशत हिस्सा छ । सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको छ । जसको हिस्सा ०.३१ प्रतिशतमात्र छ । वृद्धिदरका हिसाबले सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको २२.८४ प्रतिशत र सबैभन्दा कम निर्माण क्षेत्रको माइनस १।९६ प्रतिशत रहने देखिएको छ ।

लुम्बिनीका विद्युत् क्षेत्रको वृद्धिदर धेरै

लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार ८ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । चालु आवमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने भएको छ । यो प्रदेशले नेपालको जीडीपीमा १४.२६ प्रतिशत योगदान गर्छ । लुम्बिनीको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा कृषिको २९.६३ प्रतिशत छ । सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३४ प्रतिशतमात्र छ । वृद्धिदरका हिसाबले सबैभन्दा धेरै विद्युत् क्षेत्रको २८.९३ प्रतिशत र सबैभन्दा कम माइनस १.३४ प्रतिशत उत्पादनमूलक क्षेत्रको वृद्धिदर रहेको छ ।

अर्थतन्त्रमा सबैभन्दा सानो प्रदेश कर्णाली

प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशले नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा ओगटेको छ । कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब बराबर पुगेको छ । यस वर्ष यो प्रदेशको आर्थिक वृद्धिदर ४.२८ प्रतिशत रहने भएको छ । यो प्रदेशले जीडीपीमा ४.२८ प्रतिशत योगदान गर्छ । कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको सबैभन्दा धेरै २९.५१ प्रतिशत योगदान छ । सबैभन्दा कम ०.१७ प्रतिशत प्रशासनिक सहयोगी क्षेत्रको छ । वृद्धिदर हेर्दा सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २२.५२ प्रतिशत र सबैभन्दा कम माइनस १.०२ प्रतिशत छ ।

सुदूरपश्चिममा उत्पादनमूलक क्षेत्र ऋणात्मक

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार ४ खर्ब ४ अर्ब बराबर पुगेको छ । यो प्रदेशले नेपालको अर्थतन्त्रमा ७।०९ प्रतिशत योगदान गर्छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३।४१ प्रतिशत हुने भएको छ । यो प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा धेरै ३२.४५ प्रतिशत छ । सबैभन्दा कम प्रशासनिक सहयोगी क्षेत्रको ०.१२ प्रतिशत छ । वृद्धिदरका हिसाबले यस वर्ष सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २२.३३ प्रतिशत छ । सबैभन्दा कम वृद्धिदर उत्पादनमूलक क्षेत्रको माइनस १.८२ प्रतिशत छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते