होमपेज > कालिन्चोकमा पर्यटक: केबलकारको नाफा ३३% ले बढ्यो, होटल बनाउने तयारी

कालिन्चोकमा पर्यटक: केबलकारको नाफा ३३% ले बढ्यो, होटल बनाउने तयारी

बिज्ञापन
बिज्ञापन

पर्यटकको आगमन बढ्दा कालिन्चोक दर्शनले एकै वर्ष साढे ७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३३ प्रतिशतले बढेको छ । कम्पनीअनुसार सन् २०२३ मा १ लाख ५० हजार जनाले केबलकारको सेवा लिएको उल्लेख छ ।

बिज्ञापन

कम्पनीले सन् २०२२ मा ५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ मा स्थापना भएको कम्पनीले केबलकारको सुविधा दिँदै आएको छ । दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोकमा अवस्थित केबलकार एक किलोमिटर लामो छ । उक्त केबलकारमा ४ वटा गोन्डोला छ । सोही गोन्डोलामार्फत् केबलकारले कुरी भ्यालीदेखि कालिन्चोक मन्दिरसम्म पुर्याउँछ ।

बिज्ञापन

केबलकारमा प्रतिघण्टा १९२ यात्रुले यात्रा गर्नसक्ने क्षमता छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा ६५ हजार पर्यटकले केबलकारको सुविधमा लिएको जनाएको छ । जसमा कम्पनीले चालु आवको ६ महिनामै ३ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले केबलकारसँगै होटलको सुविधा दिने तयारी गरिरहेको छ । कम्पनीले कालिन्चोकमा ३५ वटा कोठाको सुविधासहित होटल निर्माण गर्ने तयारी गरेको हो । कम्पनीको अध्यक्ष बालकृष्ण शिवाकोटी र सीईओ अशोक शिवाकोटी हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते