आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।
बिज्ञापन
बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा लाभांश उल्लेख गरिएको छैन । तसर्थ यस पटक कम्पनीले सेयरधनीलाई लाभांश दिने छैन ।
बिज्ञापन
कम्पनीले साधारणसभाबाट सञ्चालकले पाउने बैठक भत्ता तथा अन्य सेवा सुविधामा पुनरावलोकन गर्ने, समाजिक उत्तरदायित्व अन्तर्गतका खर्च अनुमोदन गर्ने तथा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ ।







