होमपेज > साढे २३ करोड कारोबार गरेको रमदा इन्कोर होटलको ऋण ८० करोड

साढे २३ करोड कारोबार गरेको रमदा इन्कोर होटलको ऋण ८० करोड

बिज्ञापन
बिज्ञापन

चारतारे स्तरको ठमेल प्लाजा होटल एन्ड स्विट्स लिमिटेडको व्यापार १ सय ११ प्रतिशत बढेको छ । सन् २०२३ मा होटलले २३ करोड ६० लाख रुपैयाँ कारोबार गरेको छ । २०२२ मा होटलले ११ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो।

बिज्ञापन

एक वर्षमा होटलको व्यापार १२ करोड ४० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष होटलको अकुपेन्सी रेट ६९ प्रतिशत पुगेपछि आम्दानीमा उछाल आएको हो । होटलको आम्दानी बढेपछि मार्जिन बढेर ५२.८२ पुगेको छ । अघिल्लो वर्ष मार्जिन ४१.७८ प्रतिशत थियो । सन् २०२४ सुरु भएयता होटलको अकुपेन्सी रेट बढेर ७२ प्रतिशत पुगेको छ। एक महिनामा मात्रै होटलले १३ करोड रुपैयाँ व्यापार गरेको जनाएको छ । २०२१ मा होटलले २ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो । होटल २०२१ को जनवरीदेखि रमदा इन्कोरको ब्राण्डमा सञ्चालनमा आएको हो ।

बिज्ञापन

पर्यटकको चहलपहल बढेकाले होटलले रिबाउन्स गरेको छ । होटल डालिया इन्भेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपालीको लगानीमा रमदा इन्कोर वाइनहेम काठमाडौंको व्यवस्थापनमा २०२१ को जनवरीदेखि सञ्चालनमा आएको छ । ठमेल प्लाजा अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो। होटलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रहेको होटलमा १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न होटल गत वर्ष पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ ।

ठमेल प्लाजा २०१२ मा स्थापना भएको हो। होटल राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा छ । १ हजार १ सय ७० वर्गमिटरमा फैलिएको होटलमा ९० वटा कोठा रहेका छन् । होटल विश्वमा ९ हजार २०० भन्दा बढी छन । रमदाको भारतमा ५२ र चीनमा १ हजार ४०० भन्दा चेन होटल छन । होटल नौ तलाको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते