हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बिहीबार बिहान ११ बजे बस्दैछ । कम्पनीले शेयर धनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ ।
बिज्ञापन
सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । कम्पनीले सभामा ६ जनामा निर्वाचन पनि गर्ने जनाएको हो । जसअनुसार सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
बिज्ञापन
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्ने छन् । सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।







