नेको इन्सुरेन्स लिमिटेडको संचालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्वाचित भएका छन् ।
बिज्ञापन
आज अर्थात माघ १२ लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट सुवेदी कम्पनीको संचालक समितिमा निर्वाचित भएका हुन् । कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई संचालक समितिमा सिफारिस गरिएको हो ।
बिज्ञापन
नेको इन्सुरेन्समा कृषि विकास बैंक लिमिटेडको ३.३४ प्रतिशत अर्थात ६ लाख ७२ हजार २२ कित्ता सेयर स्वामित्व रहेको छ ।







