सेयरबजारमा मङ्गलबार झिनो अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारमा लगातार ओरालो यात्रा लाग्दै आएको छ । सोमबार ३१.४९ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ०.४ अङ्कले घटेर २०९८.२९ विन्दुमा बन्द भएको हो ।
बिज्ञापन
अघिल्लो कारोबारको दिन कुल ६ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।
बिज्ञापन
आज सर्वाधिक कमाउने कम्पनीहरुमा चन्द्रागिरी हिल्स, नेपाल ल्युब आयल र एनएमबि लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा मिडसोलु, गुराँस लघुवित्त, अप्पर स्याङ्गे, आशा लघुवित्त र हिमालयन पावर पार्टनर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।
आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.७४ प्रतिशतले बढ्दा ननलाइफ उपसूचक ०.७३ प्रतिशत र अन्य समूहको उपसूचक ०.५६ प्रतिशत बढ्यो । आज ट्रेडिङ उपसूचक सर्वाधिक ०.८६ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स उपसूचक ०.६६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले घट्यो ।








