होमपेज > वाणिज्य बैंकहरुले गरे वित्तीय विवरण सार्वजनिक, कति वटा बैंकको नाफा बढ्यो?

वाणिज्य बैंकहरुले गरे वित्तीय विवरण सार्वजनिक, कति वटा बैंकको नाफा बढ्यो?

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका हुन् ।

बिज्ञापन

वाणिज्य बैंकहरुले यस अवधिमा कुल २८ अर्ब ७१ करोड खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९।६० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेको छ ।

बिज्ञापन

यस अवधिमा नाफा बढाउने बैंकमा हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंक रहेका छन् । जस मध्ये हिमालयन बैंकको खुद नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ । अघिल्लो त्रैमासको यसै अवधिमा घाटामा रहेको कृषि विकास बैंक यस पटक नाफामा आएको छ । यस अवधिमा १२ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते