गरिमा विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो ।
बिज्ञापन
उक्त साधारणसभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व.२०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रप्रस्तावहरु पारित गरेको छ ।
बिज्ञापन
हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारणसभाको लागि पुष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा पुष १६ गते सम्म कायम विकास बैंकका सेयरधनीहरुले साधारणसभाबाट पारित बोनश सेयर प्राप्त गर्नेछन् ।
विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।








