आजदेखि नेपाली श्रमिक साउदी अरब जाँदा अनिवार्य रुपमा बायोमेट्रिक गर्नुपर्ने भएको छ।
बिज्ञापन
साउदी अरबले रोजगारीका लागि आउने नेपालीका लागि बायोमेट्रिक अनिवार्य गराएको हो। नेपालस्थित साउदी दूतावासले आजैदेखि अनिवार्य गरिएको जनाएको छ।
बिज्ञापन
यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । अबभने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो ।








