होमपेज > भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण दिन आग्रह

भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण दिन आग्रह

बिज्ञापन
बिज्ञापन

जाजरकोटको नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ ।

बिज्ञापन

नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगर प्रमुख डम्बर रावतले बताए । उनले भने, ‘विसं २०७२ को भूकम्पबाट प्रभावित नागरिकलाई नेपाल सरकारले जसरी दुई प्रतिशत ब्याजदरमा ऋण दिएको थियोे, त्यसरी नै नलगाड नगरपालिकाका भूकम्पबाट प्रभावित नागरिकहरुलाई पनि दुई प्रतिशत ब्याजदरमा रु ५० लाखसम्म ऋण दिनका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लाई पत्र पठाइएको छ ।’

बिज्ञापन

यहाँका अधिकांश सर्वसाधारणका घर, पशुचौपाया तथा घरमा रहेका अन्य सामग्रीसमेत नष्ट भएकाले समस्या भोगिरहेको भन्दै अर्थ र राष्ट बैंकसँग यस्तो माग गरिएको उनले बताए । नलगाडमा मात्र भूकम्प प्रभावितको संख्या आठ हजार ९७ घर परिवार रहेको छ । भारत गएर कमाइ ल्याएको रकमबाट बर्सेनि दैनिक परिवार पाल्ने यहाँका बासिन्दाको भूकम्पबाट सबै गुमाउँदा परेको समस्या समाधान गर्न नगरपालिकाले दुई प्रतिशतमा ऋण मागेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते