होमपेज > थप १४ उद्योगको काटियो बिजुली (सूचीसहित)

थप १४ उद्योगको काटियो बिजुली (सूचीसहित)

बिज्ञापन
बिज्ञापन

नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका थप १४ उद्योगको बिजुली काटिदिएको छ । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच करोड बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो ।

बिज्ञापन

गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकको लाइन काट्न शुरु गरिएको छ । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चार वटा उद्योग र त्यसपछि पाँच गरी नौ उद्योगको लाइन काटिएको थियो। शुक्रबार थप १४ उद्योगको लाइन काटिएसँगै २३ वटा उद्योग पुगेका छन् ।

बिज्ञापन

शुक्रबार बाबा जुट मिल (पाँच करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एन्ड स्टील (आठ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ) र एभरेस्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (पाँच करोड नौ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (पाँच करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ) र नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को पनि लाइन काटिएको छ । प्राधिकरणले पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिदिएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते