होमपेज > मैले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधार देखिएको छः प्रधानमन्त्री प्रचण्ड

मैले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधार देखिएको छः प्रधानमन्त्री प्रचण्ड

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताएका छन् । आज दोलखा उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताए ।

बिज्ञापन

‘पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ ।’ उनले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले दोलखाको उत्पादन बढाउन र पर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गत वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताए । उनले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताए । उनले दोलखामा ‘फिल्म सिटी’ निर्माणका लागि सरकारको सहयोग रहने समेत स्पष्ट पारे ।

बिज्ञापन

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अहिले पर्यटकमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा पूर्वमन्त्री पार्वत गुरुङले मुलुकको आर्थिक अवस्था सुधारका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री जीपछिरिङ लामाले मुलुकको आर्थिक विकासका लागि दोलखामा जलविद्युतको राम्रो सम्भावना रहेको र सरकारले लगानी गर्ने आवश्यक रहेको धारणा राखे । बागमती प्रदेशका सरकारका पूर्वमन्त्री विशाल खड्काले जिरीमा विमानस्थल आवश्यक भएको भन्दै विमानस्थल निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । आजदेखि सुरु महोत्सव पुस २२ गतेसम्म चल्नेछ । महोत्सवका क्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते