होमपेज > को-को हुन नागरिक लगानी कोषको ईडी पदका लागि सर्टलिष्टमा परेका ५ जना?

को-को हुन नागरिक लगानी कोषको ईडी पदका लागि सर्टलिष्टमा परेका ५ जना?

बिज्ञापन
बिज्ञापन

नागरिक लगानी कोषको कार्यकारी निर्देशक (ईडी) पदका लागि ५ जना सर्टलिष्टमा परेका छन्। कोषको कायर्कारी निर्देशक छनोट समितिको पुस १० गते मंगलबार बसेको बैठकले ५ जनाको नाम सिफारिस गरेको थियो ।

बिज्ञापन

रमण नेपाल अवकाश भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो। त्यसमध्येबाट ५ जना छनौटमा परेका हुन्। त्यसमा पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठको नाम छनौट भएको हो ।

बिज्ञापन

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी पुस १७ गते अन्तरवार्ताका लागि बोलाइएको छ । पर्वत कुमार कार्की नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुन् ।

राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन्। उनीसँग बैंकिङ, नियमन, सुपरिवेक्षणका साथै विदेशी विनिमयको राम्रो अनुभव छ। यस्तै, लेखनाथ शर्मा पंगेनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन्। उनले अर्थमन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका थिए ।

बिज्ञापन

यस्तै, विश्वमोहन अधिकारी युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक हुन्। बैंक तथा वित्तीय क्षेत्रमा उनको २५ वर्षभन्दा बढी लामो अनुभव रहेको छ। डा. शिवहरी श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन्। उनीमाथि भ्रष्ट्राचारको अभियोग लागेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते