होमपेज > क्वारेन्टिन चेकपोष्ट सञ्चालनपछि आयात–निर्यात सहज

क्वारेन्टिन चेकपोष्ट सञ्चालनपछि आयात–निर्यात सहज

बिज्ञापन
बिज्ञापन

कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो ।

बिज्ञापन

चेकपोष्ट कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले कार्यालयले विरुवा तथा विरुवाजन्य वस्तुको पैठारीका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने, विरुवा तथा विरुवाजन्य वस्तुको निकासीका लागि विरुवाको स्वास्थ्यतासम्बन्धी प्रमाणपत्र जारी गर्ने र नाकामा आयात हुने अन्य कृषिजन्य मालवस्तुको निरीक्षण गरेर छुटपूर्जि दिने लगायतका काम गर्दै आएको बताए ।

बिज्ञापन

यो नाकामा विगतमा टुरमुकामका रुपमा क्वारेन्टिन कार्यालय थियो । उक्त कार्यालय झण्डै चार महिनादेखि बन्द भएपछि वस्तुको आयात तथा निर्यातको काम ठप्प हुनपुगेको थियो ।कार्यालय प्रमुख ठगुन्नाले कार्यालय सञ्चालनसँगै हाल औषतमा दैनिक रु एक करोड बराबरको मालवस्तु आयात भइरहेको जानकारी दिए। यस अवधिमा रु २६ लाख बराबरको तोरीको पिना निर्यात भएको उनको भनाइ छ ।

विवेक फिड इन्डस्ट्रिज प्रालि धनगढीका प्रबन्ध सञ्चालक विवेक भट्ट त्रिनगर नाकामा क्वारेन्टिनको काम रोकिँदा झण्डै चार महिनासम्म करिब रु ३७ करोडको राजश्व प्रदेशले गुमाएको बताए । “त्रिनगर नाकामा क्वारेन्टिनको काम नहुँदा नेपालगञ्ज नाकाबाट मालवस्तु भित्र्याउनुपर्ने अवस्थाले सुदूरपश्चिम प्रदेशका व्यसायीको पैंसा (कर) अरु प्रदेशमा गयो”, भट्टले भने ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते