होमपेज > यी नै हुन् अमेरिका पठाई दिन्छु भनि ६५ लाख ठग्ने रमेश न्यौपाने

यी नै हुन् अमेरिका पठाई दिन्छु भनि ६५ लाख ठग्ने रमेश न्यौपाने

बिज्ञापन
बिज्ञापन

अमेरिकामा तीन लाखको रोजगारीमा लगाई दिने लोभ देखाएर एक व्यक्तिले पाँच जनाबाट ६५ लाख ठगी गरेका छन् । कैलालीको टीकापुर घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेले गणेश अधिकारीलगायत पाँच जनाको यसरी पैसा कुम्याएर भागेका खुलेको हो ।

बिज्ञापन

पैसा लिएर न्यौपाने सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसबापत प्रतिव्यक्ति ४५ लाख लाग्ने बताएर उनले रकम लिएका अनुसन्धानमा खुलेको छ । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विभिन्न लोभ देखाएर उनले पीडितबाट पटक पटक गरी ६५ लाख ४५ हजार लिएका थिए ।

बिज्ञापन

त्यसपछि परेको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको रेग्मीले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते