साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज बिहीबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ ।
बिज्ञापन
आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ ।








