नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघसुनको मूल्य








