होमपेज >  ‘क्याट लेडी’ बन्न करोडौं खर्चिने २२ वर्षीया कायरा

 ‘क्याट लेडी’ बन्न करोडौं खर्चिने २२ वर्षीया कायरा

बिज्ञापन
बिज्ञापन

मान्छेका शोख पनि अनेक । चर्चामा आउन कोही लाखौं, करोडौं रुपैयाँ खर्चेर कुकुर बन्छन् त कोही विरालो । हाल सामाजिक सञ्जालमा यस्तै एउटा युवतीको भिडिओ भाइरल भइरहेको छ । जसमा उनी विरालोजीस्तै देखिएकी छन् ।

बिज्ञापन

हाल इटालीको रोममा बस्ने कियारा डेल एबेट नामकी २२ वर्षीया युवतीले करोडौं रकम खर्च गरेर आफ्नो अनुहारलाई ठ्याक्कै बिरालोजस्तै बनाएकी छिन् । न्युयोर्क पोस्टका अनुसार उनले बिरालोजस्तै बन्नका लागि अनुहारमा २० वटा परिवर्तन गराएकी छिन् । एबेटको सानैदेखिको सपना बिरालो जस्तै बन्ने थियो । सोही शोखलाई पूरा गर्नका लागि उनले आफ्नो अनुहार यसरी परिवर्तन गराएकी हुन् । उनले ११ वर्षको उमेरदेखि नै शरीरमा यस्तो बदलाव सुरु गरेकी थिइन् । ११ वर्षको हुँदा नै उनले पहिलोपटक पियरसिङ र स्ट्रेचिङ गराएकी थिइन् ।

बिज्ञापन

त्यसको पाँच वर्षमा उनले सरीरमा ७२ पटक पियरसिङ गराइन् । उनले आफ्नो जिब्रोको अगाडिको भागलाई चिरेर दुई हाँगा बनाएकी छिन् । टाउकोमा पनि मोडिफाइ गरेर दुईवटा सिङ निकालेकी छिन्, जुन बिरालेको कानजस्तै देखिन्छ । यसका साथै उनको टाउको तथा नाकमा पनि धेरै वटा पियरसिङ छन् । परेलाको मुनिबाट अतिरिक्त बोसो तथा छाला निकाल्नका लागि उनले कस्मेटिक सर्जरी गरेकी छिन् । उनले आफ्ना दुवै आँखामा पनि टाटु बनाएकी छिन् । समाचारका अनुसार कियारा आफ्नो बिरालोरुपी अनुहारसँग एकदम खुसी छिन् । यसमा उनलाई कुनै पनि समस्या छैन ।

‘मानिसको शरीर कति बदलिन सक्छ अर्थात् तपाईंले वास्तवमा शारीरिक बदलावबाट के हासिल गर्न सक्नुहुन्छ भन्ने कुरा आफैले हेर्नु वास्तवमै पागलपन हो । मलाई लाग्छ कि बिरालो नारी बन्नु मेरो लागि निकै सही छ । किनकि वास्त्वमा एक कार्टुन पात्रको रुपमा देखिन म चाहन्नथें,’ उनले भनेकी छन् ।

बिज्ञापन

उनले आफूलाई बाल्यकालदेखि नै बिरालो निकै मन पर्ने र शारीरिक बदलावबाट क्याट लेडी बन्न सक्छु भन्ने हिम्मत पनि भएकाले त्यसरी परिवर्तन भएको बताएकी छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते