होमपेज > तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघले ‘तिहार फ्लोरा एक्स्पो २०८०’ आयोजना गर्दै

तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघले ‘तिहार फ्लोरा एक्स्पो २०८०’ आयोजना गर्दै

बिज्ञापन
बिज्ञापन

नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’ आयोजना गर्ने भएको छ । यही कात्तिक १४ गतेदेखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा पाँचदिने तिहार फ्लोरा एक्स्पो हुने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बिज्ञापन

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक रविनकुमार गौतमले बताए । मेलामा विभिन्न प्रजातीका फूल तथा नफुल्ने आलंकारिक फूलका विरुवालगायत कृषि तथा जडिबट्टी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटविरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने छ ।

बिज्ञापन

मेलामा ६० वटा व्यवसायिक स्टल रहने बताइएको छ । साथै, मेलामा मलखाद, अर्घानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने संघले जनाएको छ । नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेका लागि मेलाले अवसर उपलब्ध गराउने पनि संघले जनाएको छ ।

मेलाको आकर्षणको रूपमा प्रदर्शित फूलको विरुवाको प्रस्तुति सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन गराई शिल्ड तथा नगद पुरस्कार दिइने भएको छ भने लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशील व्यवसायीमध्येबाट १ जनालाई सम्मान गरिने जनाइएको छ ।

बिज्ञापन

उक्त मेलामा कम्तीमा ३० हजारले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा रहेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थीका ५० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते