होमपेज > एघार हजारभन्दा बढी मौरीका घार, १ सय ५८ मेट्रिक टन मह उत्पादन हुने अनुमान

एघार हजारभन्दा बढी मौरीका घार, १ सय ५८ मेट्रिक टन मह उत्पादन हुने अनुमान

बिज्ञापन
बिज्ञापन

मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको प्युठानको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाएकी छिन। परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थालेकी हुन् ।

बिज्ञापन

जाबुनेमा एक सय वटा आधुनिक घारमा सेरेना जातका मौरी पालिएको उनले बताइन् । अहिले मौरीका लागि आवश्यक पर्ने रस प्रशस्त पाइन्छ । चिउरीलगायत फूल फुल्ने रुखबिरुवा र जङ्गलनजिकै भएकाले जाबुनेमा मौरीपालनको राम्रो सम्भावना रहेको पुनले बताइन्।

बिज्ञापन

ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिकालगायतका स्थानीय तह मौरीपालनका लागि उपयुक्त रहेका छन् । प्रायः प्रत्येक स्थानीयको घरमा परम्परागत मुढे घार छन् । त्यसबाहेकका अरू ठाउँमा पनि मौरीपालन गर्ने गरिएको छ ।

प्युठान नगरपालिका–७, टिकुरीका मधुसुदन भण्डारीले व्यावसायिक मौरीपालन थालेको पाँच वर्ष भयो ।उनले भने, “व्यावसायिक रूपमा मौरी पाल्न सुरु गरेको छ वर्ष भयो । गत वर्ष अरिङ्गालले मौरी सबै सखाप पार्‍यो, यो वर्ष उत्पादन राम्रो हुन्छ कि भन्ने आशा छ ।” भण्डारीसँग अहिले ६० घार मौरी छन् । पर्याप्त चरन क्षेत्र भएको प्युठानमा यस वर्ष मौरी चरनको सिजनसमेत सुरु भएको छ ।

बिज्ञापन

व्यावसायिक रूपमा मेलिफेरा जातको मौरीपालन गर्दै आएका जिल्लाबाहिरका व्यवसायीले जिल्लाका विभिन्न क्षेत्रमा चरनका लागि मौरी ल्याउन सुरु गरिसकेका छन् । सर्लाही, बारा, चितवनलगायत क्षेत्रबाट व्यवसायीले चरनका लागि मौरी ल्याउने गरेका छन् ।

जिल्लाभर ११ हजार ७९६ घार रहेका छन् । यो वर्ष १५८ मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते