होमपेज > नेपालमा पाँच वर्षको अवधिमा सवाँ १ अर्बको तास आयात

नेपालमा पाँच वर्षको अवधिमा सवाँ १ अर्बको तास आयात

बिज्ञापन
बिज्ञापन

नेपालले पछिल्लो पाँच वर्षको अवधिमा सवाँ १ अर्ब रुपैयाँको तास आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्ममा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँको तास आयात गरेको देखाउँछ ।

बिज्ञापन

नेपालल चालु आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको २२ लाख ९७ हजार पिस तार आयात गरेको छ । जसबाट सरकारले ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

बिज्ञापन

त्यस्तै, नेपालले गत आर्थिक वर्षमा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको १ करोड ७७ हजार पिस, आव २०७८/७९ मा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको १ करोड ९ लाख ६० हजार पिस र आव २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार पिस तास आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागअनुसार आव २०७६/७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट र आव २०७५/७६ मा २५ करोड ६ लाख ६२ हजार रुपैयाँको १ करोड ५७ लाख २५ हजार ५२१ प्याकेट तास आयात गरेको थियो । नेपालले पाँच वर्षको अवधिमा सवाँ १ अर्बको तास आयात गर्दा ८३ करोड ६५ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

बिज्ञापन

नेपालमा विशेषगरी चीन र भारतबाट तास आयात हुने गरेको छ । चालु आर्थिक वर्षको ६ करोड रुपैयाँ बढीको तास आयात गर्दा चीनबाट ६ करोड १ लाख २१ हजारको २१ लाख ९६ हजार ६०२ पिस आयात गरेको छ । साथै, भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको १ लाख १ हजार २४ पिस तास आयात गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते