होमपेज > नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाख २४ हजार

नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाख २४ हजार

बिज्ञापन
बिज्ञापन

नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ८२ लाख ८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । गत वर्षको अन्तिममा यसले २६ करोड १ लाखको कारोबार गरेको छ । अघिल्लो वर्ष २० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

बिज्ञापन

कम्पनीले बिक्रीमा क्रमिक सुधार देखिएको जनाएको छ । त्यसैले नाफामा सुधार आएको हो । यसको प्रशासन खर्च ६ करोड ३७ लाखबाट बढेर ७ करोड ८५ लाख पुगेको छ । त्यस्तै, बिक्री वितरण खर्च भने २ करोड ८० लाखबाट घटेर २ करोड १७ लाख कायम भएको छ ।

बिज्ञापन

हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४६ करोड ४ लाख थियो । यसले केही महिना अघि आइपीओ जारी गरेको हो । रिटेन अर्निङ भने ५० करोड ९५ लाख १३ हजार रुपैयाँले ऋणात्मक छ ।

यसको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८४ रुपैयाँ ४७ पैसा थियो । प्रतिसेयर आम्दानी १४ पैसा रहेको छ । अघिल्लो वर्ष १० रुपैयाँ ४७ पैसा नोक्सानीमा थियो । यसले मुख्यतयः नागरिक दैनिक प्रकाशन गर्दछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते